काजोल कार्कीको साङ्गीतिक यात्रा सुरुवात : ढकालसँग पहिलो गीत ‘यो माया बसेर होकी’

काठमाडौँ। लोकप्रिय गायक रामकृष्ण ढकाल र नवगायिका काजोल कार्कीको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘यो माया बसेर होकी’ को भिडियो सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन्। भिडियोमा गायक ढकाल र कार्की स्वयं फिचर्ड छन्, जसले गीतलाई झनै प्रभावशाली बनाएको छ।

नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर प्रवेश गरेकी काजोल कार्कीले बरिष्ठ गायक रामकृष्ण ढकालसँगको युगल गायनमा आफू निकै उत्साहित भएको बताएकी छिन्। दुवै कलाकारबीचको केमेस्ट्रीलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

गीतको भिडियो सुनील क्षेत्रीको निर्देशनमा तयार भएको हो भने कोरियोग्राफी अबि वाग्लेको रहेको छ। दुर्गा पौडेलको छायाँकन तथा बिकाश ज्ञवालीको सम्पादनमा तयार पारिएको भिडियो म्युजिक नेपालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *