अनिल बिष्ट प्युठानीको युट्युब च्यानलबाट “पार्यो हल्लीचल्ली” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रलाई झनै रंगीन बनाउने उद्देश्यले गायक मोहन नेपालीको आवाजमा रहेको नयाँ गीत “पार्यो हल्लीचल्ली” आज शनिबार सार्वजनिक गरिएको छ।

भिडियोमा निशाना राई, गंगाराम श्रेष्ठ, आभास नेपाली र रोबन मगर को आकर्षक अभिनय देख्न पाइनेछ। भिडियोलाई डाइरेक्टर विशाल बराल ले निर्देशन गरेका हुन् भने क्यामेरामेन दुर्गा श्रेष्ठ को छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ।

गीतमा नृत्य संयोजन दिलिप राई द्वारा गरिएको छ, जुन दर्शकको मन छुने खालको छ। भिडियोको सम्पादन र मेकअप अनिशा नानु द्वारा गरिएको छ। भिडियोको रंग संयोजन भने अनिल बिष्ट प्युठानी ले गरेका छन्, जसले गीतलाई आकर्षक र आधुनिक बनाएको छ।

उक्त गीत शंकरा स्टुडियो मा रेकर्ड गरिएको हो र अनिल बिष्ट प्युठानी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतका प्रोड्युसर गंगाराम श्रेष्ठ र निशाना राई हुन्, जसले नेपाली सांगीतिक क्षेत्रमा नवप्रतिभा र नयाँ सिर्जनालाई प्रोत्साहन दिएका छन्।

गीतको संगीत, निर्देशन, अभिनय, र सम्पादनको समिश्रणले गर्दा “पार्यो हल्लीचल्ली” गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *