पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ । गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको एउटा खण्ड भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए । वडोदराका जिल्ला अधिकारी अनिल धामेलियाका अनुसार उद्धारकर्ताले नदीबाट ९ जनाको शव फेला पारेका छन् ।

अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । धामेलियाका अनुसार पुल भाँचिएपछि दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटोरिक्सा नदीमा खसेका थिए । गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार राज्य सरकारले उक्त घटनाको जाँच गर्न आदेश दिएको छ । उक्त पुल चार दशकभन्दा पुरानो रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *