नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले हरायो

काठमाडौं : बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीले सानदार प्रदर्शन गर्दै श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले सुरुदेखि नै श्रीलंकामाथि दबाब बनाएको थियो

। नेपालको सानदार जितमा समिक्षा मगरले व्यक्तिगत दुई गोल गरिन्। त्यस्तै, पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले एक-एक गोल आफ्नो नाममा लेखाए। नेपालले एक गोल भने आत्मघाती उपहार पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *