स्वस्थ समाज निर्माणका लागि फुटबलमार्फत अभियान– युवा संघको आयोजनामा प्रतियोगिता

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका–१३ वडा कमिटीको आयोजनामा दोस्रो अजय स्मृति फुटबल कप साउन १५, १६ र १७ गते नागर्जुन स्युचाटरस्थित TYC मैदानमा हुने भएको छ।

साउन १३ गते आयोजित पत्रकार सम्मेलनमा युवा संघ बागमती प्रदेश कमिटीका इन्चार्ज अमित पौडेल,  महानगर युवा संघ नेपाल बागमती प्रदेश सचिवालय सदस्य सन्जय नापित र नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष पुस्प नारायण मानन्धर उपस्थित थिए।

फुटबल कपको उद्घाटन समारोह साउन १५ गते हुने छ, जसमा प्रमुख अतिथीका रूपमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बश्नेत रहनेछन्। समापन समारोह साउन १७ गते हुनेछ, जसमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथीका रूपमा उपस्थित हुनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्। बिजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् भने उपबिजेताले २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

युवा संघको बागमती प्रदेश कमिटीका इन्चार्ज अमित पौडेलले पत्रकार सम्मेलनमा बोल्दै युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न र खेलकुदमार्फत एकता तथा स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले अजय स्मृतिको नाममा सुरु गरिएको यो प्रतियोगिता आगामी वर्षहरूमा अझ भव्य रूपमा निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *