पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार हड्डी निकालेको भन्दै प्रहरीकहाँ सूचना पुगेपछि दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले बताए । पक्राउ पर्नेमा घाटमा शव जलाउने काम गर्दै आएका ब्राह्मण गणेश ढकाल र उनका एक जना सहयोगी छन् ।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट उनीहरूले हड्डी निकालेको आरोप छ । एसपी चन्दले भने, ‘हड्डी निकालेर अर्कोलाई दिएको मृतकका परिवारले आरोप लगाएका छन्, हामी अनुसन्धान गर्दैछौँ।’ हड्डी उनीहरूले किन निकाले भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *