दक्षिण कोरियाली सैनिकले सीमा नजिक गोलाबारी गरेको उत्तर कोरियाको आरोप

काठमाडौँ । उत्तर कोरियाले आफ्ना सैनिकहरूमाथि दक्षिण कोरियाली सेनाले गोली प्रहार गरेको भन्दै कडा आपत्ति जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएद्वारा शनिबार प्रकाशित समाचारअनुसार, कोरियन पिपुल्स आर्मीका उप–प्रमुख को जोङ छोलले दक्षिण कोरियाले गरेको कदमलाई ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भन्दै तत्काल रोक्न चेतावनी दिएका छन् ।

उनले यो कदमलाई ‘गम्भीर उत्तेजक’ भन्दै दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकतर्फ १० भन्दा बढी चेतावनी स्वरूपका गोली प्रहार गरेको दाबी गरे । को जोङ छोलले भनेका छन्, ‘यो निकै गम्भीर पूर्वसङ्केत हो जसले दक्षिणी सीमा क्षेत्रमा ठूलो संख्यामा तैनाथ भएका दुवै पक्षका सेनाबिचको टकरावलाई अनियन्त्रित चरणमा पुर्‍याउनेछ ।’

घटना मंगलबार भएको र त्यसबेला उत्तर कोरियाली सैनिकहरू सीमामा स्थायी तवरले मजबुत बनाउने काममा संलग्न रहेको केसीएनएले जनाएको छ । यसैबिच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकहरूले अस्थायी रूपमा सीमा रेखा पार गरेपछि चेतावनीका गोली चलाएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *