काबुल । अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघेको छ । आइतबार राति नानगाहर प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ । भूकम्पबाट एक हजार ३०० जना घाइते भएका छन् ।
भूकम्पबाट प्रभावित क्षेत्र दुर्गममा रहेकाले उद्धार टोली परिचालनमा कठिनाइ भइरहेको जनाइएको छ । सो क्षेत्रमा अधिकांश घर कच्ची रहेका कारण भूकम्पको झट्काबाट भत्किएको समाचार एजेन्सीहरूले जनाएका छन् ।