विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर, १६ भदौ । उदयपुरमा आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–२ मा ससंचालित कन्चनजंगा हिमशिखर सामुदायीक ईङ्लिस बोर्डिङकाका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट अरोपित श्रेष्ठले बोडिङ्गकै कोठामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ ।’

बालिकालाई जबरजस्ती करणी गरेको हुदाँ आवश्यक कारबाही गरी पाउँ भनि बालिकाको आफन्तका तर्फबाठ नातामा भाउजु पर्नेले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका पक्राउ गरिएको हो । पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *