साफ यू–१७ महिला च्याम्पियनशिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्कियो

काठमाण्डौं, १६ भदौ । भूटानमा भएको साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । ४ वटा देश सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । डबल राउन्ड लिगमा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टोली भूटानलाई २–१ ले हराएको थियो अन्तिम खेलमा भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यस्तै नेपालले भारतसँग ७–० र ५–० तथा बङ्गलादेशसँग ३–० र ४–१ गोलको हार बेहोरेको थियो । प्रतियोगितामा अङ्क तालिकाको शीर्ष स्थानमा रहेर भारतले उपाधि जित्यो । यस्तै बङ्गलादेश दोस्रो स्थानमा रहँदा भूटान पुछारमा रह्यो । भारतले यसअघि सन् २०१८ र २०१९ मा पनि साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *