काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनसँग सोमबार भेटवार्ता गरेका हुन् ।
शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गत शनिबार चीन गएका थिए ।