१३८ किलाे गाँजासहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–२ स्थित नयका टोलबाट ठुलो परिमाणमा गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीया रिता देवी यादव छिन् ।

उनले घरमा लुकाएर राखेको अवस्थामा १३८ किलाे ७ सय ग्राम गाँजा बरामद गरिएको बाराका एसपी सन्तोष तामाङले बताए । आरोपीलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *