कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए । देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई सभापति देउवाले निर्देशन समेत दिए ।

निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए । सभापति देउवाले भने, ‘संसद्‌मा सबैभन्दा ठुलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईँहरूका कुराहरू लागू गर्न सक्दछौँ । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन ।

देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो । तर पार्टीको आदेश मान्ने होइन ।’ सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए । उनले २१ औँ शताब्दीको आकाङ्क्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *