हेटौँडा । बागमती प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित १३ सदस्यले नै राजीनामा दिएका छन् । जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रदेश राजधानी हेटौँडा पनि तनावग्रस्त बनेको छ ।
प्रायः सरकारी कार्यालय तथा भवनहरूमा निशानामा परेका छन् । यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।