नयाँ सरकार गठनका लागि वार्ता हुँदै, सुशीला कार्की र दुर्गा प्रसाईं जङ्गीअड्डामा

काठमाडौं, २६ भदौ । नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ । अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईंलाई जङ्गीअड्डा लगिएको स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए । बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदै छ । प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । प्रसाईं आन्दोलनको एक हिस्सा भएको सेनाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *