जेनजीको फेरि अर्को विज्ञप्ति : सुशीला होइन, कुलमानलाई पठाउने

काठमाडौं, २६ भदौ । जेनजी समूहले फेरि अर्को एक विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको उल्लेख छ । जेनजीको फरक–फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको हो ।

‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *