इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । इजरायल रोजगारीका लागि सञ्चालन भइरहेको भाषा परीक्षा अनिश्चितकालका लागि रोकिएको छ । परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क बढी लिएको विरोधस्वरूप मंगलबार भएको झडपका कारण परीक्षा स्थगन गरिएको हो ।

मंगलबार परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेपछि इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले सूचना जारी गरेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको छ ।

आन्दोलित विद्यार्थीले ५ हजार रुपैयाँ शुल्क लिएर पनि आवश्यक भौतिक पूर्वाधार र प्रविधि उपलब्ध नगराएको भन्दै विरोधमा उत्रिएका थिए । त्यसक्रममा परीक्षा केन्द्रमा झडप र तोडफोड समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *