कालिगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए

 काठमाडौं : पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *