कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु

धनगढी । कैलालीमा ग्रिनेड विस्फोट हुँदा एकजना सैनिकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको गोराङ्गे ब्यारेक अन्तर्गत फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको हो भने अर्का एक घाइते भएका छन्।

मृत्यु हुनेमा सेनाका हुद्दा हिमालविक्रम विष्ट रहेका छन् । उनको उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा मृत्यु भएको हो । यस्तै, घाइते भएका सहसेनानी हिमराज जोशीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *