कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।

बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *