देउवा साउन २९ गते स्वदेश फर्कने पक्का, आरजु तत्काल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २९ गते स्वदेश फर्कने भएका छन् । उनी निकट स्रोतका अनुसार हङकङमा रहेका देउवाले सोही दिनका लागि नेपाल आउनका लागि हवाई टिकट बुक गरिसकेका छन् ।

स्रोतका अनुसार देउवा एक्लै स्वदेश फर्किनेछन् । उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने उनीसँगै नेपाल नआउने बुझिएको छ । जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट उनीहरु हङकङ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *