सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको होः राजुनाथ पाण्डे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रस्ट पारेका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केही समयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको प्रस्ट पारेका हुन् ।चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताए ।

सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरे । बाहिर आएका भिडियोहरू समन्वय गर्न केही मिनेट ढिलाइ भएको अवस्थाको रहेको उनको भनाइ छ । त्यसपछि भने नेपाली सेनासँग मिलेर नै करिडोर खुलाइएको उनले बताए । यसबारे उनले विज्ञप्ति समेत जारी गरेर स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *