स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ आदर्शनगरस्थित प्रदेश २–०३–००३ प ७२१५ र ना. ५७ प ५१८२ नम्बरको मोटरसाइकल रोकी खानतलासी लिने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्लाको डुमरा बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी घर भएका ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् । बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *