लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासका मत लिने भएका छन् ।

नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । समर्थन फिर्ता भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

काँग्रेसले समर्थन फिर्ता लिएसँगै एमाले र नेकपाबीच सहकार्य भएको छ । सहमति अनुसार आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिइने भएको हो ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *