अहिले गुटबन्दी गर्ने बेला होइन, पुनर्जागरण गर्ने बेला हो : अध्यक्ष ओली

विर्तामाड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीमा गुटबन्दी होइन पुनर्जागरण गर्ने बेला भएको बताएका छन् । मिसन जागरण अभियानको झापाको बिर्तामोडमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले गुटबन्दीले पटक पटक पार्टीमा फुट् ल्याएको उल्लेख गर्दै अब पुनर्जागरण गर्ने बेला भएको बताएका हुन् ।

पटक पटक पार्टी फुटाउने व्यक्तिहरू अहिले पनि गुटबन्दीमा रहेका उनको भनाइ छ । उनले भने, ‘गुटबन्दीमा जहिले पनि तीनै मान्छे छन् । पार्टीका पक्षमा होइन अरू कसैको पक्षमा लागेर गुटबन्दीमा लागेका छन् ।’

जनताले गरेको गल्ती पनि सच्याउनु पर्ने उनको भनाइ छ । जनताको गल्ती सच्याउन आफूहरू सच्चिएर जनताकोमा जानुपर्ने ओलीले उल्लेख गरे ।

उनले भने ,‘जनताले गरेको गल्ती पनि सच्याउनु पर्नेछ । हामीले पनि सच्चिएर अगाडि बढ्नपर्ने छ । त्यसका लागि हामी जनताकोमा जानुपर्ने छ ।’ उनले यसका लागि अहिले पार्टीमा एकता आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *