दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौँ : सर्लाही हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका ३ बस्ने ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास पनि घाइते भएका छन्।

घाइतेको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भइरहेको छ । ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *