काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। देउवासँग भेटवार्ताका लागि कोइराला देउवा निवास पुगेका थिए । दुई नेताबीच पार्टी भित्रको विवाद समाधान, पार्टी लगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
देउवा समूह पार्टीको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आज सर्वोच्च अदालत जाँदैछ । संस्थापन पक्षले भने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
