काठमाडौं । सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिजको माग गर्दै पत्र पठाएको छ । परराष्ट्र मन्त्रालयले ४२ वटा बेलिब्रिज माग गर्दै चीन र भारतलाई पत्र पठाएको हो ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका ४१ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । नेपालसँग हाल सात वटा मात्रै बेलिब्रिज रहेको छ ।
