काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।
नवलपरासी पूर्व १५८, गोरखा ४८, नवलपरासी पश्चिम ४७, धादिङ ४५, नुवाकोट ४१, तनहुँ ३१ र रसुवा १३ जना रहेका छन् । बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।
बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २ हजार ३०१ जना रहेको छ । जसमा रसुवामा ६७६ र नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना रहेको छ । यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको प्रहरीले जनाएको छ ।
