नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, सुन ३ लाख नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ ।

सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ७४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार चाँदी प्रतिदश ग्राम ४ हजार १७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *