वीरगञ्जमा भारतीय कारभित्र ४ वटा पेस्तोल र एसएलआरको गोली बरामद

रौतहट । वीरगञ्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र एसएलआरको गोली बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तुविहार चोकनजिक बुधबार साँझ शंकास्पद अवस्थामा रोकिराखिएको भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा हतियार तथा गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले कारबाट सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र ७.६२ एमएम एसएलआरको ६ राउन्ड गोली फेला पारेको हो ।

बरामद हतियार, गोली तथा भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कार कसको हो, कसले त्यहाँ ल्याएर रोकिराखेको थियो तथा बरामद हतियार र गोली कहाँबाट ल्याइएको भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *