देउमाईमा जिप दुर्घटना : पल्टिएको गाडीले थिचिएर चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको ज्यान गएको हो । पल्टिएको गाडीले थिचिएर चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले शवको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *