एमाले सचिवालयमा स्थायी कमिटी गठनबारे छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको सचिवालय बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन र स्थायी कमिटी गठनबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी छ । एमालेले अर्को पार्टीबाट आएकाहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्ने जनाएको छ । साथै, सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले नयाँ कुरा दिएको ठहर गरेको नेता भट्टको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *