समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले वाम तथा प्रजातान्त्रिक आन्दोलनमा चुनौती उत्पन्न भइरहेको बेलामा वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ सिराबाट कसरी संगठित गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उत्पन्न भएको धारणा राखे । चुनौतीलाई सामना गर्नका लागि पार्टीलाई वैचारिक रूपमा, सांगठनिक रूपमा एकताबद्ध गर्नु जरुरी रहेको उनको भनाइ छ ।

उनले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा पार्टीलाई एकताबद्ध गरेर नै आजका चुनौतीहरूलाई सामना गर्न सकिने पार्टीको मान्यता रहेको उल्लेख गरेका छन् ।

त्यस्तै उनले विशेषगरी नेकपा कालमा संगठन प्रणालीभित्र देखा परेको अराजकताका कारणले अहिले पनि एमालेको संगठन प्रणाली अहिले पनि अस्तव्यस्त भएको तर्क गरे । पार्टी कार्यकर्ताको भूमिका पार्टी निर्माणमा वृद्धि गर्नका लागि कमिटीहरूको भूमिकालाई बढाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *