सेयर बजार २.६४ अङ्कले घट्यो, ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। दिनभरको उतारचढावपछि आज बजार २.६४ अङ्कले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको छ।

कारोबार समयको मध्याह्नतिर २६६२ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि केही ओरालो लागे पनि अन्तिम समयमा सम्हालिँदै हरियो भएर बन्द भएको हो ।

आज बजारमा कुल ३३६ वटा स्क्रिप्सको किनबेच भएको छ। दिनभरमा ३३ हजार २१५ वटा कारोबारमार्फत् १ करोड ७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कुल ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा आज बढेका कम्पनीहरूको संख्या धेरै रहेको छ। कुल १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको मूल्य घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रह्यो।

आज कारोबार भएका अधिकांश उपसमूहहरूमा सुधार देखिएको छ। अन्य समूहमा भने सामान्य गिरावट आएको छ ।

आज सर्वाधिक कमाउने सूचीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।  यसको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ११९२ रुपैयाँ पुगेको छ। अन्य कम्पनीहरूको उतारचढाव एकल अङ्कमा भएको छ ।

कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *