भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परी ६ जना नागरिकले ज्यान गुमाउनुपरेको घटनाले आफू स्तब्ध भएको उनले बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै लामिछानेले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकमा रहेका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उनले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *