दानबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ जारी

काठमाडौं : नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा आज छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।

दानबहादुरले आफुलाई स्पष्टीकरणको मौका समेत नदिई गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको दाबी गर्दै मनोज केसीलाई आईजीपी बनाउने निर्णय बदर गरी आफुलाई पुनर्बहाली गर्न माग गरेका छन्। अब आजको छलफलपछि दानबहादुरले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *