सहकारी ठगीमा आफ्ना कार्यकर्ता मुछिने डरले सरकारले जीबी राईलाई पक्राउ गरेन : रास्वपा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो प्रश्न गरेका हुन्। उनले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए।

सहकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ। उनले सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *