विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

काठमाडौं : विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सिराहा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका- ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। गुप्ताको कुटपिटबाट बालकको शरीरभरी निलडाम छ।

उनले बालकलाई कक्षा कोठाबाट बाहिर निकाली अर्को कोठामा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेका अभिभावकले बताएका छन्।कुटपिटबाट शरीरभरी चोट लागेका बालकको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ। अभिभावकको उजुरीपछि इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *