प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको निकटस्थ स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भइरहेको जानकारी दिए । ‘हिजो साँझ भेट हुने भनेकोमा प्रधानमन्त्रीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन । अहिले भेट जारी छ,’ बजगाईँले भने ।

भेटवार्ता विषयसूची अनुसार नभई नियमित भएको बजगाईँले बताए । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा।डा। विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *