बैंककबाट ल्याएको साढे ४ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनिस कालेकलाथिल छन् ।

नेपाल एयरलाइन्सको उडानबाट उनले ल्याएको ४ केजी ४८० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । उनले सुटकेशमा लुकाएर गाँजा ल्याएका थिए । आरोपीमाथि लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *