डोल्पा जिल्लाको पहिलो नगरसभा गर्ने पालिका बन्यो ठुलिभेरी

डोल्पा। ठुलीभेरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा राजस्व र व्ययको अनुमान (बजेट) पारित गरेको छ। असार ६ गते नगर प्रमुख सुबर्ण कुमार बुढाको अध्यक्षतामा बसेको १५औं नगरसभाबाट बजेट पारित गरिएको हो।

यद्यपि, स्थानीय तहले हरेक आर्थिक वर्षको असार १ गतेभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएपनि ठुलीभेरी नगरपालिकाले असार ६ गते मात्रै उक्त कार्य सम्पन्न गरेको हो।

नगरपालिकाले संघीय, प्रदेश सरकार र आन्तरिक स्रोतहरुबाट जम्मा ५३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। जसमा चालु खर्चतर्फ ३९ करोड ८६ लाख ७४ हजार र पुँजीगत खर्चतर्फ १३ करोड ३७ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट स्रोत विवरण यसप्रकार छ:

संघीय सरकारको वित्तीय समानीकरण अनुदान – ९ करोड ६४ लाख

प्रदेश सरकारको वित्तीय समानीकरण – १ करोड ८ लाख

आन्तरिक आम्दानी – १ करोड

संघीय सरकारको सशर्त अनुदान – २२ करोड ३४ लाख

सशर्त विशेष अनुदान – ३ करोड

समपुरक अनुदान – २ करोड ७५ लाख

साथै, नगरसभाले गत आर्थिक वर्षमा प्रभावकारी कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत गरेको छ।
नगर प्रमुख बुढाले पारदर्शिता, जवाफदेहिता र स्थानीय आवश्यकता सम्बोधनमा केन्द्रित रहेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *