उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन्’, मुख्यमन्त्री शाहले भनेका छन्– ‘बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’

साथै उनले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन  र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०५.२ मिलिमिटर वर्षा मापन भएको छ भने कञ्चनपुरमा २७१ मिलिमिटर पानी परेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *