कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने कुराको थप पुष्टि नेकपा एसले गर्यो : पूर्ण बस्नेत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने कुराको थप पुष्टि नेकपा (एकिकृत समाजवादी) ले गरेको टिप्पणी गरेका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुछिएको नेतृत्वमाथि प्रश्न तेर्स्याएकी नेतृ रामकुमारी झाक्रीलाई पार्टीले स्पष्टिकरण सोध्नु कम्युनिष्टहरुको अधिनायकवादी र सर्वसत्तावादी चरित्र भएको बस्नेतको टिप्पणी रहेको छ ।

बस्नेतले भने, ‘लामो समयसम्म नेकपा एमालेको नेतृत्वमा रहेर वर्तमानको एमाले नेतृत्व तयार पार्ने व्यक्ति माधव नेपाल हुन् । हाल माधव नेपालका उत्तराधिकारी अधिनायकवादी नेता बनेका छन् । आफूमाथि प्रश्न उठेपछि माधव नेपाल असहिष्णु देखिए र आफ्नै उत्तराधिकारीले निर्माण गरेको अधिनायकवादको बाटो पछ्याउन थाले ।’ रामकुमारी झाक्रीले भनेजस्तो उनको पार्टी नेतृत्व मरेर सिनो भइसकेको हो या हैन त्यो कुरा थाहा भएन तर गन्हाएको चाहीँ पक्कै छ, उनले भने । अदालतले धरौटी लिएर तारेखमा छुटेको व्यक्तिले नेतृत्व परिवर्तनको माग गर्ने नेतामाथि अनुशासनको डण्डा चलाउनु अशोभनीय भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *