प्रदेश महामन्त्री खनाललाई कांग्रेसले गर्‍यो कारबाही

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल कारबाहीमा परेका छन् । उनलाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनाललाई कारबाही गरेको पुष्टि गरे । गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खनालमाथि छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए । संयोजक ढुंगानाले खनालले पुनरावेदन गर्न सक्ने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *