
साउन १८, पर्सा। पर्सा प्रहरीले हातहतियार सहित हिँडिरहेको एक व्यक्तिलाई पक्राउ गरी जनसुरक्षा र शान्ति–सुरक्षामा आफ्नो सक्रियता फेरि एकपटक प्रमाणित गरेको छ।विशेष सूचनाका आधारमा मिति २०८२ साल साउन १८ गते साँझ करिब ६:०० बजे, वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँस्थित मस्जिद नजिक शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई गरिएको खानतलासीबाट कटुवा पेस्तोल १ थान बरामद गरिएको हो।प्रहरी टोली वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको थियो। पक्राउ परेका व्यक्ति हुन् ४० वर्षीय साहेव खाँ, स्थायी ठेगाना पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका–५, हाल इनर्वा गाउँमा ससुरालीमा बसोबास गर्दै आएका थिए।साहेव खाँलाई नियन्त्रणमा लिई हातहतियार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको छ।
🔹 बरामद सामग्री:कटुवा पेस्तोल – १ थान
प्रहरी प्रशासनको सक्रियता र नेतृत्वको सराहनायस घटनाले जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा सूचनाको संवेदनशीलता, समयमै कारबाही र जनसुरक्षा प्रतिको प्रतिबद्धता झल्काउँछ।विशेषतः जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सक्षम नेतृत्व, तीव्र निर्णय क्षमता, तथा कार्यक्षमताले यस प्रकारका संवेदनशील मामिलामा प्रहरी प्रशासनको प्रतिबद्धतालाई थप सुदृढ बनाएको देखिन्छ।जनसमाजको सकारात्मक प्रतिक्रियासेवा समूह नेपाल लगायत नागरिक समाजका प्रतिनिधिहरूले अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम राख्न प्रहरीको भूमिकालाई हार्दिक प्रशंसा गर्दै, यसरी समयमै गरिएको कारबाहीले जनमानसमा सुरक्षा र विश्वासको भावना बढाएको प्रतिक्रिया दिएका छन्।

