रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन’, प्रचण्डले भने- ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ ।’  उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *