सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइए : सांसद थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् । अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्तसम्बन्धीको विधेयकमाथिको छलफलमा बोल्दै उनले देखाउनका लागि बनाइएका कोषहरूको अर्थ नरहेको बताए ।

वैकल्पिक वित्त कोष पनि त्यसैको नमुना हुनसक्ने जोखिम रहेको चर्चा गर्दै सांसद थापाले वैकल्पिक पूँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताए । सांसद थापाले भने,‘सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् ।

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’ सांसद थापाले स्रोतको खोजी गर्दा बढीमा कतिसम्मको खोजी गरिरहेका छौँ भन्नेमा पनि कानुन बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *