पर्सामा सशस्त्र प्रहरीद्वारा करिब ७ लाख बराबरको सामान बरामद।

पर्सा। सशस्त्र प्रहरी बल, नेपालले पर्साको विभिन्न स्थानमा गरिएको अपरेसन र कडाइका चेकजाँचका क्रममा करिब सात लाख रुपैयाँ बराबरको हार्डवेयर, कपडा र अन्य सामग्री बरामद गरेको छ। बरामद गरिएको सामानहरू भन्सार छली गरी भारतबाट अवैध रुपमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।मिति २०८२ साउन २६ गते बिहान, बीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको गाडिमोबाइल टोलीले ठूलो परिमाणमा हार्डवेयर सामग्री नियन्त्रणमा लिएको हो। टोलीले भारतबाट ठेलामा लोड गरी ल्याउँदै गरिएको उक्त सामानको भन्सार मूल्य रु. ३,११,४८० रहेको बताइएको छ।साथै, उक्त अपरेसनमा प्रयोग भएको एक अटो समेत बरामद गरिएको छ, जसको भन्सार मूल्य रु. ३,००,००० तोकिएको छ। यसरी बरामद भएको हार्डवेयर र अटोको जम्मा भन्सार मूल्य रु. ६,११,४८० पुगेको छ। बरामद गरिएका सबै सामान र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।त्यसैगरी, सोही दिन दिउँसो, जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका–७ रेल्वे रोड नजिकको गल्लीतर्फ खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको गाडिमोबाइल टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको कपडा तथा ‘चल्केट’ बरामद गरेको हो। बरामद कपडा र अन्य सामग्रीको भन्सार मूल्य रु. ८३,५९० रहेको बताइएको छ।दुवै घटनामा बरामद गरिएका सामानहरूलाई कानूनी प्रक्रिया पूरा गर्न बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराका अनुसार, सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध व्यापार तथा भन्सार छली रोकथामका लागि निगरानी र चेकजाँचलाई अझ कडाइका साथ अघि बढाएको छ। “सीमामा हुने गैरकानूनी गतिविधि नियन्त्रण गर्न हामी सतर्क र प्रतिबद्ध छौं,” उनले भने।सशस्त्र प्रहरीले यसअघि पनि पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट लाखौं रुपैयाँ बराबरका सामान बरामद गर्दै सीमावर्ती सुरक्षामा आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *