
साउन ३०,पर्सा। शिक्षण क्षेत्रसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आचार्य एकेडेमी, वीरगञ्ज–३, प्रगतिनगरले निःशुल्क दन्त शिविर आयोजना गरी विद्यालय र समुदाय दुवैमा सकारात्मक सन्देश प्रवाह गरेको छ।सन्चो डेन्टल क्लिनिक, वीरगञ्जकी डा. नेहा साहको नेतृत्वमा रहेको टोलीले विद्यार्थीहरूको दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको शिविरले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्त्वपूर्ण योगदान दिएको छ।शिविरको सफलतामा सरोज कुमार शाह, कन्हैया कुमार मण्डल, ओम प्रकाश शाह र नितेश कुमार शाहले विशेष सहयोग गरेका थिए। विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शिक्षा र सचेतनाको आवश्यकता औंल्याइएको थियो।प्रधानाध्यापक अलीले दाँतको नियमित सफाइ, मुख स्वास्थ्यको जाँच तथा व्यक्तिगत स्वच्छताको अभ्यासले भविष्यमा गम्भीर रोगहरूबाट जोगिन सकिने उल्लेख गर्दै विद्यार्थीलाई सचेत रहन आह्वान गर्नुभयो।आचार्य एकेडेमीले यसअघि पनि शैक्षिक गुणस्तरसँगै समाज हितका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस प्रकारका गतिविधिहरूले विद्यालयलाई मात्र नभई सम्पूर्ण समाजलाई लाभान्वित बनाउने विश्वास गरिएको छ।





